शनिबार, जेठ ५ गते २०८१

बालेनसंग भेट हुँदा विनोद चौधरी दङ्ग !

बालेनसंग भेट हुँदा विनोद चौधरी दङ्ग !

अखबार दैनिक
आइतबार, चैत १२ २०७९
  • बालेनसंग भेट हुँदा विनोद चौधरी दङ्ग !

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)सँग जम्काभेट भएको नेपाली काँग्रेसका सांसद तथा नेपाली चर्चित अर्बपति विनोद चौधरी दङ्ग परेका छन् । आइतबार उनले बालेनसंगको जम्काभेटलाई ठूलै उपलब्धिकारुपमा प्रस्तुत गर्दै फेसबुक स्ट्याटस नै लेखेका हुन् । 

    images

    चौधरी र बालेनबीच भैरहवा विमानस्थलका भेट भएको हो । उनीहरूको बिचमा त्यहाँ खासै लामो कुराकानी नभए पनि चौधरीले भने त्यो भेटलाई निकै महत्त्व दिएका छन् । 

    चौधरीले लेखेका छन्, ‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसँग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासका बारेमा छलफल गर्नेछौँ ।’ 

    त्यसो त काठमाडौं महानगरसँग जोडिएका चौधरीको धेरै स्वार्थहरू रहेका छन् । काठमाडौंभरि सडकछेउमा उज्यालो पार्ने नाममा विज्ञापनको व्यापार गर्ने चौधरीको रहर धेरै फलदायी हुन सकेको छैन । एकातिर सोलार बत्तीको मुनि राखेका विज्ञापनले सहरको सौन्दर्यता बिगारेको छ भने अर्कोतिर बिजुलीको पोलबाट नोटका बिटा छाप्ने उनको सपना पनि पुरा हुन सकिरहेको देखिँदैन । 

    कतै विज्ञापनको व्यापार जस्तै महानगरलाई रिझाएर र बालेनको चाकडी गरेर अर्को कुनै परियोजना हात पार्ने उद्देश्य त विनोद चौधरीको होइन भन्ने आशङ्का उनको स्ट्याटसले जन्माएको छ । सामान्यरुपले हेर्दा समेत बालेनलाई भेट्दा त्यतिबिग्न हर्षित हुनुपर्ने र संयोगले ठूलै उपलब्धि हात परेझैँ त्यो अकास्मिकतालाई सार्वजनिक गर्नु पर्ने स्तरको मात्र व्यक्ति भएका व्यापारी होइनन चौधरी । 

    चौधरीको एक इसारामा नाच्ने धेरै राजनीतिकर्मीहरू छन् । नेपाल सरकारको बजेटलाई समेत आफ्नै कर्मचारीको हातबाट संशोधन गराउन सक्ने ल्याकत देखाइसकेका चौधरीले कतै स्वच्छ छवि देखाउँदै धेरै युवाहरूको ढुकढुकी बन्न सफल बालेनलाई प्रदूषित त पार्ने होइन भन्ने आशङ्का उनको स्टाटससंगै बढेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार