सोमबार, भदौ ३१ गते २०८१

प्रकाश पौडेल ‘माइला’को साइकलमा सल बेरियो (भिडिओ)

प्रकाश पौडेल ‘माइला’को साइकलमा सल बेरियो (भिडिओ)

अखबार दैनिक
आइतबार, चैत १२ २०७९
  • प्रकाश पौडेल ‘माइला’को साइकलमा सल बेरियो (भिडिओ)

    काठमाडौं । साहित्यकार तथा अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको ‘साइकलमा’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

    images

    गीतको म्युजिक भिडियो गायक तथा सङ्गीतकार वसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    लामो समय देखी जापानमा रहेर साहित्यसेवामा समर्पित पौडेलको शब्दमा गायक वसन्त थापा र गायिका अस्मिता अधिकारीले स्वर भरेका छन् भने सङ्गीत संयोजन तथा लय समेत वसन्त थापाकै रहेको छ । म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेतीको प्रखर अभिनय देख्न सकिन्छ ।

    पौडेलले गीतमा गाउँले परिवेशलाई सचित्र उभ्याउने कोसिस गरेका छन् । साइकल, मिल, सल, चौलानी, पराल, भर्‍याङ, कुलो, इनारजस्ता बिम्बहरूलाई उनले गाउँले प्रेमसँग जोडेका छन् ।

    गीतको म्युजिक भिडियोमा समेत सोही भावलाई उतार्न कोरियोग्राफ तथा निर्देशक मौसम हिमाली सफल देखिएका छन् । अत्यन्त सफल छायाकार राजेश घिमिरेले क्यामरामा जादु चलाउँदा सम्पादनमा विकास ज्ञवाली जमेका छन् ।

    गीतका रहेको शब्द संयोजन तथा शब्दको भावनजिक रहेर गरिएको भिडियो संयोजन श्रोतालाई आफ्नो किशोर तथा युवाकालको रुमानी सम्झनामा पुर्याउन गीत सक्षम देखिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ