आइतबार, मंसिर ९ गते २०८१

चैत १० बाट मण्डलामा ‘यौटा सपनाको अवसान’ मञ्चन

चैत १० बाट मण्डलामा ‘यौटा सपनाको अवसान’ मञ्चन

अखबार दैनिक
सोमबार, चैत ६ २०७९
  • चैत १० बाट मण्डलामा ‘यौटा सपनाको अवसान’ मञ्चन

    काठमाडौँ । एक्टर्स स्टुडियो र मण्डला थिएटरको सहकार्यमा  नाटक ‘यौटा सपनाको अवसान’ मञ्चन हुने भएको छ ।  अगामी चैत १० गतेदेखि सुरु हुने नाटकका निर्देशक अनुप बराल र निर्माता गोविन्द पराजुली हुन् । एक महिनासम्म चल्ने नाटकले खुसी र सुखको परिभाषालाई वहसमा ल्याउनेछ । ‘यौटा सपनाको अवसान’ अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’ को नेपाली अनुवाद हो । आर्थर मिलर लिखित नाटकलाई विप्लव प्रतिकले नेपालीमा अनुवाद गरेका हुन् । 

    images

    नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २० औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ । अमेरिकामा ७ सयभन्दा ज्यादा पटक मञ्चन भएको नाटक विश्वका धेरै देशमा मञ्चन भएको छ । 

    नाटकमा शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदीभ श्रेष्ठ आदि कलाकारको अभिनय रहने छ । नाटकका लागि कलाकारहरु विगत एक महिनादेखि रिहर्सल गरिरहेका छन् । हरेक कोणबाट भव्य नाटक दर्शकलाई सुम्पने अभिप्रायले कलाकार रिहर्सलमा जुटेको हो ।  निर्देशक बरालको तीन वर्षअघि मान्छेको लासमाथि भोज गर्ने राजनीतिज्ञलाई तिखो व्यंग्य गर्ने नाटक ‘महाभोज’ मञ्चन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार