आइतबार, मंसिर ९ गते २०८१

‘नांगो गाउँ’को सकियो वर्कसप, १० गतेबाट फ्लोरमा

‘नांगो गाउँ’को सकियो वर्कसप, १० गतेबाट फ्लोरमा

अखबार दैनिक
आइतबार, चैत ५ २०७९
  • ‘नांगो गाउँ’को सकियो वर्कसप, १० गतेबाट फ्लोरमा

    काठमाडौँ । हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशन रहने फिल्म ‘नांगो गाउँ’ को वर्कशप सकिएको छ । निर्माण युनिटले निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग–अलग रुपमा १५  दिने वर्कशप गरेको निर्देशक लामाले बताए । अन्तिममा भने कलाकारको टिमसँग वर्कशप गरिएको थियो ।

    images

    कलाकारको वर्कशपमा अभिनेता दयाहाङ राई, कर्म, अभिनेत्री  मिरुना मगर, शिशिर वाङ्देल, बुद्धि तामाङ, अंकित खड्का र रवीन्द्र झा सहभागी थिए । कलाकारहरुलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य तथ्य संरचनाका विषयमा प्रकाश पारिएको थियो । निर्देशक टिम र कलाकार बिचको वर्कसपले फिल्म छायांकनमा सजिलो हुने निर्माण पक्षको धारणा रहेको छ । 

    कुनै पनि पात्रले कुन संवाद किन बोल्दैछ ? कुन पहिरन किन पहिरिँदै छ ? कथालाई अगाडि बढाउन उसको भूमिका के हो ? लगायतका विषयमा वर्कसपमा विश्लेषण गरिएको निर्देशक लामाको भनाई रहेको छ ।

    वर्कशपले पटकथामा लेखिएका दृश्यहरुलाई सशक्त रुपमा पर्दामा उतार्न सहयोग मिल्ने अभिनेता दयाहाङ राइले बताउँदा अभिनेत्री मिरुना मगरले वर्कशप निकै फलदायी भएको सुनाइन् । 

    फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अभिनय रहनेछ । साम्राज्ञी देश बाहिर भएकोले वर्कसपमा सहभागी हुन सकिनन् । 

    १० गतेबाट छायांकन सुरु हुने फिल्म काभ्रेका विभिन्न स्थानमा छायांकन हुनेछ । फिल्मलाई आलोक शुक्लाले छायांकन गर्दैछन् ।  

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार