शुक्रबार, वैशाख २१ गते २०८१

रुखको हाँगामा सुत्दा चरा किन खस्दैनन् ?

रुखको हाँगामा सुत्दा चरा किन खस्दैनन् ?

अखबार दैनिक
आइतबार, चैत ५ २०७९
  • रुखको हाँगामा सुत्दा चरा किन खस्दैनन् ?

    एजेन्सी । कहिलेकाँही तपाईं हाम्रो दिमागमा पनि यो कुरा आएको होला आखिर चरा रुखको हाँगामा सुत्दा पनि किन तल खस्दैनन् ?

    images

    यस्तो किन हुन्छ भने चराहरु एउटा आँखा खोलेर सुत्छन् । आज जानौं चरासँग जोडिएका रोचक कुरा ।

    चरा एउटा आँखा खोलेर सुत्छन्
    चराहरु जहिले एउटा आँखा खोलेर सुत्छन् । त्यसैले सुत्नेबेला पनि उनीहरुको दिमागको एउटा हिस्साले काम गरिरहेको हुन्छ ।

    यदि चराको दाँया आँखा खुलेको छ भने यसको अर्थ उनीहरुको बायाँ दिमाग चलिरहेको हुन्छ । तर चराहरु सधैं यसरी नै सुत्छन् भन्ने हुँदैन कतिपय परिस्थितिमा उनीहरु अर्कै तरिकाले पनि सुत्छन् ।

    छोटो निद्रा लिन्छन्
    चराहरु एकदमै छोटो छोटो निद्रा लिन्छन् । हामी मानिस एकपटक सुतेपछि लामो निद्रा सुत्छौं र सपना समेत देख्छौं । तर चराहरुमा यस्तो हुँदैन । उनीहरु मानिसहरुले जस्तो लामो निद्रा लिँदैनन् ।

    रुखको बनावट
    यी सबै क्षमता भएर नै चराहरु सुतेको समयमा पनि रुखबाट खस्दैनन् । साथै उनीहरु सुतेको बेला पनि सक्रिय हुन्छन् । कुनै पनि अवस्थामा सजिलै आफूलाई बचाउन सक्छन् ।

    त्यस्तै चराहरुलाई रुख तथा हाँगाको बनावटको बारेमा राम्रोसँग थाहा हुन्छ । हाँगामा सजिलै बस्न सक्ने र त्यसमा अल्झिन सक्ने अनुमान हुन्छ । त्यसैले उनीहरु रुखबाट खस्दैनन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार