बिहीबार , कात्तिक १२ गते २०८३

स्याङ्जामा फस्टाउँदै फूलखेती

स्याङ्जामा फस्टाउँदै फूलखेती

अखबार दैनिक
बुधबार, कात्तिक ११ २०८३
  • स्याङ्जामा फस्टाउँदै फूलखेती

    वालिङ (स्याङ्जा), ११ कात्तिकः पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढदै गएको छ ।    
        
    कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय यहाँ फूलको व्यावसायिक उत्पादन थालिएको हो । अरु अन्नबालीको तुलनामा बाँदरले क्षति नपुर्याउने र बजारमा सहजै खपत हुने भएकाले किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।    
        
    जिल्लाभित्रै फूलको व्यावसायिक उत्पादन सुरु भएपछि फूल तथा माला आयात गर्ने क्रम विस्तारै रोकिादै गएको छ ।    
        
    केही वर्षअघिसम्म भारत, बुटवल तथा पोखराबाट तिहारलगायतका चाडबाडका अतिरिक्त सभा समारोहका लागि फूल माला ल्याइने गरिएको थियो । आजभोलि भने ती ठाउँमै यहाँ उत्पादित फूल तथा माला निर्यात हुन थालेको छ ।    
        
    जिल्लामा विशेषगरी दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरी व्यावासायिक रुपमा सयपत्री फूल उत्पादन हुँदै आएको छ । विगतका तुलनामा हाल फूलखेतीको क्षेत्रफल तथा किसानको सङ्ख्या पनि थपिँदै गएको छ । फूलखेतीमै आफनो भविष्य आठ वर्षदेखि स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका कृषक चन्द्र रानाले व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आउनुभएको छ । उहाँले विशेषगरी दसैँ तथा तिहारलाई लक्षित गरी फूलखेती गर्दै आउनुभएको हो । ग्रामीण भेगमा जमिन भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आउनुभएका रानाले गरेको व्यावसायलाई पछ्याउँदै अन्य कृषकले पनि फूलखेती थाल्नुभएको छ ।     
        
    व्यावसायिक कृषक रानासहित सात जनाले मिलेर गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका तीन–तीन ठाउँमा व्यावसायिक फूलखेती गर्नुभएको छ ।    
    उहाँहरुले दुई–दुई रोपनी जमिनमा व्यावसायिक फूलखेती गर्नुभएको व्यावसायी रानाले बताउनुभयो । “हामी सात जना किसानले मिलेर छुट्टाछुट्टै ठाउँमा व्यावसायिक फूलखेती गरेका छौँ”, उहाँले भन्नुभयो, “हामीले छुट्टाछुट्टै फूलखेती गरे पनि फूलको बीउ, बेर्ना, लगाउने तरिका, बजारीकरणलगायतमा एकापसमा सरसल्लाह, अनुभव आदानप्रदान गर्दै अगाडि बढिरहेका छौँ ।”    
        
    फूल तथा मालाको माग आउँदा यही समूहभित्रबाट सङ्कलन गरी बजारमा पठाउने गरेको उहाँले बताउनुभयो ।    
        
    दसैँभन्दा अगाडि बजार मूल्य कम भएको र तिहारभन्दा अगाडि नै फूल फूलेकाले बजारीकरणमा समस्या हुने हो कि भन्ने लागेको गल्याङ–२ गुठीकी कृषक डीलमाया रानाले बताउनुभयो ।    
        
    सयपत्री फूलको माला होलसेलमा रु ५० र फुटकरमा प्रतिमाला रु ७० का दरले बिक्री भइरहेको छ । फूल होलसेलमा प्रतिकेजी रु १०० र फुटकरमा प्रतिकेजी रु २०० मा बिक्री गर्दै आएको कृषक रानाले बताउनुभयो ।    
        
    “यहाँका उत्पादन फूल र माला दसैँअघि पोखरामा बिक्री भएको र अब तिहारमा बुटवलमा बिक्री गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । पोखरा तथा बुटवलका ब्यापारीले फूल तथा माला माग गर्ने भएकाले सोही आधारमा गाडीमार्फत पठाउँदै आएको उहाँले जानकारी दिनुभयो । कहिलेकाहीँ यहाँ उत्पादन भएको फूलले भारतबाट आउने फूलसँग प्रतिस्पर्धा गर्नुपर्दा उचित बजार मूल्य नपाउने समस्या भने रहेको छ । रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ