सोमबार, भदौ ३१ गते २०८१

चेलीबेटी बेचबिखनको सन्देशसहित हरिवंशले ल्याए ‘काउली’

चेलीबेटी बेचबिखनको सन्देशसहित हरिवंशले ल्याए ‘काउली’

अखबार दैनिक
शुक्रबार, चैत ३ २०७९
  • चेलीबेटी बेचबिखनको सन्देशसहित हरिवंशले ल्याए ‘काउली’

    काठमाडौँ । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छिन् । 

    images

    गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन्। भिडियोमा उनीसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । गीतको भिडियोमा चेलीबेटी बेचबिखनको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् । 

    हरिवंशका अनुसार उनले यो गीते निर्देशक ओलीकै एनिभर्सरीका दिन लेखेका हुन् । ‘एक वर्षअघि म सरोज भाइको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बेतमा गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीबेला एक्कासी काउलीको प्रसंङ निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फुर्‍यो । त्यसपछि यसले गीतको स्वरुप पाएको हो । ’

    गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे व्रतबन्धतिर उफ्रिउफ्री नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरू पनि उफ्रिउफ्री नाच्न सक्नुहुनेछ,’ उनले भने । 

    यो गीतको श्यामश्वेत रसाइलीले एरेन्ज र गम्भीर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन् ।  

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ