आइतबार, मंसिर ९ गते २०८१

उच्च रक्तचाप भएकाले गर्नुहोस् यी ‘ब्रीदिंग एक्सरसाइज’, सन्तुलित रहनेछ बीपी

उच्च रक्तचाप भएकाले गर्नुहोस् यी ‘ब्रीदिंग एक्सरसाइज’, सन्तुलित रहनेछ बीपी

अखबार दैनिक
आइतबार, फागुन २८ २०७९
  • उच्च रक्तचाप भएकाले गर्नुहोस् यी ‘ब्रीदिंग एक्सरसाइज’, सन्तुलित रहनेछ बीपी

    यसको अभ्यास गर्नाले तपाईंको स्वास सन्तुलनमा रहन्छ । जसले गर्दा शरीरको रक्तचाप पनि सन्तुलनमा रहन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्तिले स्वास सम्बन्धी यस्ता अभ्यास गर्नुपर्दछ ।

    images

    एजेन्सी। ब्रीदिंग एक्सरसाइज स्वाससँग जोडिएका व्यायाम हुन् । यसको अभ्यास गर्नाले तपाईंको स्वास सन्तुलनमा रहन्छ । जसले गर्दा शरीरको रक्तचाप पनि सन्तुलनमा रहन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्तिले स्वास सम्बन्धी यस्ता अभ्यास गर्नुपर्दछ ।

    सितकारी प्राणायाम

    सितकारी प्राणायाम स्वासका लागि एकदमै फाइदाजनक हुन्छ । यसको नियमित रुपमा अभ्यास गर्नाले उच्च रक्तचाप सन्तुलित हुन्छ । साथै तनाव पनि कम हुन्छ । यसलाई गर्नका लागि पहिलो सुखासनमा बस्नुहोस् । त्यसपछि मुखभित्र जिब्रोलाई माथिल्लो भागमा लाग्नुहोस् । त्यसपछि दाँतलाई एकआपसमा जोड्नुहोस् ।

    अब स्वास तान्नुहोस् र केहीबेर रोक्नुहोस् । त्यसपछि नाकबाट सुस्तरी स्वास छोड्नुहोस् । यसरी लगभग १० देखि १५ पटक यसको अभ्यास गर्नुहोस् ।

    कपालभाँती प्राणायाम

    कपालभाँती प्राणायाम दिनहुँ गर्दा शरीर निरोगी हुनुका साथै शरीरबाट विषाक्त पदार्थहरु पनि टाढा भाग्छन् । यसले तनाव कम गर्नुका साथै उच्च रक्तचाप पनि सन्तुलित गर्दछ । यसलाई गर्न सिद्धासन, पद्यासन वा बज्रासनमा बसेर स्वासलाई बाहिर छोड्ने प्रक्रिया हो । स्वासलाई बाहिर छोड्ने क्रममा पेटलाई भित्रतिर धक्का दिनुपर्ने हुन्छ । ध्यान राख्नुहोस् स्वास तान्न हुँदैन । एकोहोरो फाल्ने प्रक्रिया हुन्छ ।

    साम वृत्ति

    यो एउटा सामान्य स्वास लिने तरिका हो जसलाई जहाँ पनि गर्न सकिन्छ । यसले तपाईंलाई आराम गर्न र शान्त पार्न मद्दत गर्छ । जसले गर्दा रक्तचाप तर झर्ने गर्छ । सुत्नुअघि यसको अभ्यास गर्नुहोस् किनकि त्यतिबेला यसका धेरै फाइदाहरु हुन्छन् । यसमा लामो स्वास तान्ने र फाल्ने गर्नुपर्दछ ।

    अनुलोम विलोम प्राणायाम

    यसलाई नाडी सोधन प्राणायाम पनि भनिन्छ । यसको नियमित अभ्यास गर्नाले तनाव तथा चिन्ता कम हुन्छ र मानसिक स्वास्थ्यमा फाइदा पुग्छ । जसले गर्दा रक्तचाप पनि सन्तुलनमा आउँछ । साथै यो नाकको पिनास रोगका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।

    यसको अभ्यास गर्नका लागि एउटा औंलाले नाकको एउटा प्वाल दबाउनुहोस् । वा बन्द गर्नुहोस् । र अर्को प्वालबाट लामो स्वास तान्नुहोस् । त्यसपछि स्वास तानेको प्वाललाई अर्को औंलाले बन्न गर्नुहोस् र पहिला बन्द गरिएको प्वालबाट स्वास सुस्त सुस्त छोड्नुहोस् । यही प्रक्रिया अब अर्को प्वालबाट पनि गर्नुहोस् ।

    यी स्वासप्रस्वास सम्बन्धी प्राणायामको अभ्यास गर्नाले तपाईंको रक्तचाप सामान्य हुनेछ । साथै रक्तसञ्चार राम्रोसँग हुन्छ र तनाव कम हुन्छ । मन तथा दिमागलाई शान्त पार्न पनि यस्ता प्राणायामहरु फाइदाजनक हुन्छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार