आइतबार, मंसिर ९ गते २०८१

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला र रेजिना उप्रेतीको उम्मेदवारी

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला र रेजिना उप्रेतीको उम्मेदवारी

अखबार दैनिक
आइतबार, फागुन २८ २०७९
  • चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला र रेजिना उप्रेतीको उम्मेदवारी

    काठमाडौं । सदस्यता र आर्थिक प्रतिवेदनलाई लिएर विवाद कायम रहँदा चलचित्र कलाकार संघले आगामी चैत ४ गते नै निर्वाचन गर्ने भएको छ । शनिबार कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् ।

    images

    सात जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । जसमा धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला र रेजिना उप्रेतीको उम्मेदवारीरिजालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

    महासचिवमा पाँच जनाको उम्मेदवारी परेको छ । सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले महासचिव पदमा उम्मेदवारी दिएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ ।

    कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी पेस गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस

    थप समाचार