आइतबार, मंसिर ९ गते २०८१

बिरामी खोज्दै घरदैलोमा डाक्टर

बिरामी खोज्दै घरदैलोमा डाक्टर

अखबार दैनिक
आइतबार, फागुन २८ २०७९
  • बिरामी खोज्दै घरदैलोमा डाक्टर

    काठमाडौँ - सुनसरीस्थित  जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रूपमा अघि बढाएको छ । गाउँघरमै पुगेर डाक्टरको टोलीले बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियान सुरु गरेको हो ।

    images

    मेसु डाक्टर देवराज घिमिरेले थालेको गाउँघरमा डाक्टर अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन् । जसले जिल्लाका विकट र दूरदराजका टोल र बस्तीमा डाक्टरी सेवाको उपलब्धतालाई सहज बनाइदिएको छ ।

    स्वास्थ्यमा सबैको समान पहुँचको मुल उद्देश्य राखिएको अभियानलाई हरेक हप्ताको शनिबार सञ्चालन गरिने इनरुवा अस्पतालले जनाएको छ । डाक्टर घिमिरेका अनुसार अभियानले विशेषगरी गरिब, दलित र विपन्न समुदायका मानिसलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्ने छ ।

    उनले दीर्घरोगीहरूलाई खोजेर उपचार गर्न नसक्नेलाई गाउँमै पुगेर उपचार गरेको बताए । उनले आफूहरूको अभियान हरेक हप्ताको शनिबार घरमै पुगेर उपचार गर्ने बताए ।

    घरदैलोमै उपचार सम्भव हुनेलाई ठाउँको ठाउँमै उपचार सेवा दिने गरी थालिएको अभियान बिरामीलाई उपचारका लागि अस्पताल सम्म पुग्ने बानीको विकास गर्नेतर्फ केन्द्रित छ । इनरुवा अस्पतालले गाउँघरमा डाक्टर अभियानलाई सर्वसाधारण लक्षित स्वास्थ्य सचेतना र सावधानीको खाँचोका रूपमा अघि बढाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार