काठमाडौँ, २५ फागुन । अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुको आज (बुधबार) चितवनको सौराहाको एक रिसोर्टमा आफन्त र निकट साथीभाइको उपस्थितिमा वैवाहिक कार्यक्रम भइरहेको छ । सुरक्षाले सामाजिक सञ्जाल मार्फत विवाहको तस्वीर सार्वजनिक गर्दै विवाहको जानकारी दिएकी हुन् ।
विवाहको तस्वीर फेसबुकमा राख्दै पन्तले शुभ विवाह लेखेकी छन् । तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै मुस्काएका छन् । करिब ६ वर्षदेखिको प्रेमलाई पन्त र सुवेदीले विवाहमा परिणत गरेका हुन् । केही दिमै काठमाडौँमा रिसेप्सन पार्टी दिने तयारी गरेका छन् ।