सोमबार, भदौ ३१ गते २०८१

रचना रिमालले ल्याइन् होली गीत

रचना रिमालले ल्याइन् होली गीत

अखबार दैनिक
आइतबार, फागुन २१ २०७९
  • रचना रिमालले ल्याइन् होली गीत

    गायिका रचना रिमालले होली गीत सार्वजनिक गरेकी छिन् । यी गायिकाले शनिवार आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘आयो ह्याप्पी होली’ बोलको गीत ल्याएकी हुन् । गीतमा रचना र बाबुल गिरीको युगल स्वर छ । बाबुलले नै गीतको शब्द, संगीत सिर्जना गरेका हुन् । 

    images

    स्टेज कार्यक्रममा सर्वाधिक डिमाण्डेडमध्येकी गायिका रचनाले व्यस्तताकै बाबजुद पनि रमाइलो होली गीत ल्याएकी हुन् । एक दिनमा यस गीतको अडियो र भिडियो तयार पारिएको उनले बताएकी छिन् । 

    संगीत सागर बुर्जाको निर्देशन, मेफुज अन्सारीको छायाँकन, विश्वास भण्डारीको सम्पादन भिडियोमा हेर्न सकिन्छ । रचना, बाबुलसँगै अन्य कलाकारहरू भिडियोमा प्रस्तुत छन् ।  रचनाले बद्री पंगेनीसँग गाएको ‘पैसा सापटी’ बोलको गीत यतिबेला चर्चामै छ ।

    भिडियो :-

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ