सोमबार, वैशाख २४ गते २०८१

यी हुन् भाग्यमानी आमा: जसले आफ्नै छोराको चौरासी गर्न पाइन्

यी हुन् भाग्यमानी आमा: जसले आफ्नै छोराको चौरासी गर्न पाइन्

अखबार दैनिक
बुधबार, फागुन १७ २०७९
  • यी हुन् भाग्यमानी आमा: जसले आफ्नै छोराको चौरासी गर्न पाइन्

    गुल्मी- रुरुक्षेत्र गाउँ’पालिका वडा नं. १ च्युरेक ठाडा’बाटको जम्दार टोलमा बुधबार बिहानैदेखि चहल पहल छ । भएभरका छोरा बुहारी नाति,नातिना पलाँति-खलाँति जम्मा भएका छन । गाउँ’भरि ध्यान जम्दार्नी आँबैको घरतर्फ केन्द्रित छ ।

    images

    घरभरी परिवार जम्मा हुँदा जम्दार्नी आमा खुसीले गद’गद छन र कहिले नाति नातिना’सँग कुरा गर्छिन । कहिले साना पलाँतिनि खेलाउँछिन । एउटा दुर्लभ दिन, एउटी आमा छोराका चौरासी’पुजामा सरिक हुने यो सयोग सम्भवत अहिले सम्म सुनि:एको छैन जुन संयाेग जम्दार्नी आँबैको घरमा जुटेको छ ।

    “यस्ताे कर्म सबैको कहाँ हुन्छ र आमाले छोराको चौ’रासी गरेको यो सयोग हजारौं वर्षमा सुन्न पाईन्छ र हामीले यो अवसर देख्न पायौंँ । हामी धन्य छौँ” च्यूरेकका पण्डित पशुपति घिमि’रेले भने । जम्दार्नी आँबैका जेठा छाेरा धन बहादुर सुवेदी क्षेत्रीको चौरासी पुजामा एक’सय दस वर्ष पूरा गरेकी आमा ईन्द्र कुमारी सुवेदी क्षेत्रीले छाे’राको दिर्घ जीवनका लागि आशि’र्वाद दिई’रहेको नजारा देख्न लायक थियो ।

    बिक्रम सम्वत १९६९ मा च्यूरेक ठाडा’बाटाका वीर बहादुर क्षेत्रीकी जेठि छोरिको रुपमा जन्मेकि इन्द्र कुमारी क्षेत्रीको विवाह पनि ठाडाबाटाकै पदम बहादुर सुवेदी’सँग भएको थियाे । भारतको ९ जिआरमा भर्ति भएका जमदार्नी आँबैका बुढा फौजमा जम’दारको दर्जा पाए’पछि बुढा जमदार बा बने र इन्द्र कुमा’रीको नाम जम्दार्नी आँबै बन्यो ।

    जम्दार्नी आँबैको तिन’भाई छोरा बुहारी नाति नातिना पलाँति खलाँति गरि चारदर्जन परिवार छन । जेठा छोरा धन बहादुर’संग बस्दै आएकी जम्दार्नी आंबैको रेखदेख जेठि बुहारी तुल्सा सुवेदीले गर्दै आई’रहेकी छन तर आमा प्रतिको जिम्मे’वारी सबै छोरा बुहारी नाति नातिनाले उत्तिकै लिएका छन ।

    छोराको चौरा’सीमा आँखाबाट खुसि’का आँसु झार्दै जम्दार्नी आँबैले छोरालाई आशिर्वाद दिईन र भाग्य’मानि छोराले एक सय दस वर्षकी आमाबाट शिर नि’हुर्याएर आशि:र्वाद लिए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ