सोमबार, भदौ ३१ गते २०८१

कमलको ‘के छ त्यस्तो’मा अभिनेत्री करुणा श्रेष्ठ

कमलको ‘के छ त्यस्तो’मा अभिनेत्री करुणा श्रेष्ठ

अखबार दैनिक
सोमबार, फागुन १५ २०७९
  • कमलको ‘के छ त्यस्तो’मा अभिनेत्री करुणा श्रेष्ठ

    काठमाडौँ। गायक कमल राईको ‘के छ त्यस्तो’ बोलको गीतमा नायिका तथा मोडल करुणा श्रेष्ठ समाजसेवीको भूमिकामा देखा परेकी छन् ।

    images

    भिडियोमा करुणासँगै गायक राईको पनि अभिनय देख्न सकिन्छ । करुणाको सामाजिक कर्म, सहयोगी भावना र सफा मन देखेर कमलले गरेको एकतर्फी प्रेमलाई भिडियोमा देखाइएको छ ।  गायक कमलकै शब्द, संगीत तथा एरेन्जमा तयार के छ त्यस्तोको छायांकन र सम्पादक विनोद याक्ख्याले गरेका हुन् ।


    जसको प्रोडक्सन म्यानेजर बुद्धि तामाङ हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक राईले आफ्नै निर्देशनमा ३ दर्जन बढी भिडियो बजारमा ल्याइसकेका छन् । सार्वजनिक भिडियो काठमाडौँ आसपासका रमणीय क्षेत्रहरुमा छायांकन गरिएको हो ।

    जसको निर्माण नक्षेत्र फाउडेसनले गरेको हो । सामाजिक काममा सक्रिय नक्षेत्र फाउडेसनले गरिब, असहाय र निमुखा बालबालिकाहरूको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

    भिडियो हेर्नुस्:

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ