आइतबार, वैशाख २३ गते २०८१

बेवारिसे श्रोत, साधनहरुको सदुपयोग गर्न प्रकाशमानको सरकारसँग आग्रह

बेवारिसे श्रोत, साधनहरुको सदुपयोग गर्न प्रकाशमानको सरकारसँग आग्रह

अखबार दैनिक
शुक्रबार, फागुन १२ २०७९
  • बेवारिसे श्रोत, साधनहरुको सदुपयोग गर्न प्रकाशमानको सरकारसँग आग्रह

    १२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले सरकारी कार्यालयहरु बेवारिसे रुपमा राखिएका श्रोत, साधनहरुको सदुपयोग गर्न आग्रह गरेका छन् ।

    images

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र साधनश्रोत, मोटरसाइकलदेखि गाडीहरु पनि थुपारेर राखेको भन्दै आपत्ति जनाए । उनले करोडौं मूल्य पर्ने साधनश्रोत कौडीको मूल्यमा बेच्न राखिएको आरोप लगाए ।

    ‘देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र थुपारिएर राखिएका साधन श्रोत,मोटरसाइकलदेखि गाडीहरु बेवारिसे रुपमा राखिएको छ,’ उनले भने, ‘नियम नमिलेको हो भने नियम मिलाएर करोडौं मूल्य जाने सवारीसाधनहरु कार्यालयको परिसरमा कौडीको मूल्यमा बेच्नुको लागि राखिएको छ, यसले राम्रो भएन ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार