बुधबार, जेठ २ गते २०८२

सेती नदीमा बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

सेती नदीमा बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

अखबार दैनिक
बुधबार, जेठ २ २०८२
  • सेती नदीमा बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

    काठमाडौं । सशस्‍त्र प्रहरी बलको गोताखोरले सेती नदीमा बेपत्ता भएका बालकको शव निकालेको छ। बुधबार दिउँसो दिपायल सिलगढी नगरपालिका-१ सिरखोली बस्ने ९ वर्षीय अमित विकको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार बालक मंगलबार दिउँसो पौने २ बजेतिर नदीमा डुबेर बेपत्ता भएका थिए।

    images

    सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र बमको कमाण्डमा खटिएको गोताखोर सहितको सुरक्षा फौजले बालकको शव दिउँसो १ बजे करिब ३० फिट गहिराइबाट निकालेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ