आइतबार, मंसिर ९ गते २०८१

प्रमोद खरेल-सुवास रेग्मी विवाद : ‘कपिराइट’ विवाद नमिल्दा साइबर मुद्दा

प्रमोद खरेल-सुवास रेग्मी विवाद : ‘कपिराइट’ विवाद नमिल्दा साइबर मुद्दा

मुद्दा समयमै नटुंगिँदा दुईबीच विवाद बढ्दै गएको छ। आफूविरुद्ध सामाजिक सञ्जालमा गालीगलौच गरेको गायक प्रमोदको आरोप छ। सुवासको फेसबुक पोस्टको स्क्रिनसर्ट लिएर प्रमोद साइबर ब्युरो गए। त्यही उजुरीका कारण अहिले सुवास हिरासतमा छन्।

अखबार दैनिक
शुक्रबार, फागुन १२ २०७९
  • प्रमोद खरेल-सुवास रेग्मी विवाद : ‘कपिराइट’ विवाद नमिल्दा साइबर मुद्दा

    ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा,
    म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा ।’’

    images

    २०६६ सालमा सार्वजनिक सर्वाधिक चलेको गीत हो ‘म बिना कसै कसैलाई’। अहिलेका चल्तीका गायक प्रमोद खरेललाई चिनाउने गीत नै यही थियो। यद्यपि, त्यसअघि पनि प्रमोदले गीत नगाएका होइनन्।


    झापाबाट काठमाडौं आएर संघर्षरत रहँदा धेरै गीत गाए पनि चर्चा पाउन सकेनन्। प्रसिद्ध विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीसँगको सहकार्यमा प्रमोदले गीत गाएका थिए।


    प्रमोदले धौलागिरि क्यासेट सेन्टरमार्फत दुई गीत रेकर्ड गरिसकेका थिए। बाँकी गीतमा विन्ध्यवासिनी कम्पनीले लगानी गर्दै ‘प्रणय’ एल्बम निकालियो। गीतमा महेश खड्काले सङ्गीत गरेका थिए।

    गीत सार्वजनिक भएलगतै सर्वाधिक हिट भयो। रातारात प्रमोद सुपर हिट भए। मेला महोत्सवमा गीत गाउन जान भ्याइनभ्याइ भयो। अरू एल्बममा गीत गाउनको लागि उनको माग खुबै बढ्यो। करिअरको सुरुआतमा धेरै संघर्ष गर्दा हात नपरेको सफलता गायक प्रमोदलाई एकै गीतले दियो। यो गीत गाइपछि प्रमोदले पछाडि फर्केर हेर्नुपरेन।

    एउटा गीत चलेपछि मोडल, गायक–गायिकादेखि सो गीतसँग आबद्ध हरेक व्यक्ति व्यस्त हुने गर्छन्। सङ्गीतकार महेश खड्का भने आफैँमा चर्चित थिए। सङ्गीत उद्योगमा जोखिमपूर्ण रूपमा लगानी गर्दैआएको विन्दवासिनी म्युजिक कम्पनी पनि यो गीतले मालामाल भयो। त्यतिबेला युट्युबको चलन चलिसकेको थिएन। मोबाइलमा फोन गर्दा बज्ने सीआरबिटी र पीआरबीटीबाट लाखौं आम्दानी भयो। त्यसको ४ वर्षपछि विन्ध्यवासिनी म्युजिक प्रालिले युट्युबमा राखेको सो गीतको भिडिओलाई अहिलेसम्म साढे ४२ लाख बढी पटक हेरिएको छ।

    चर्चामाको शिखरमा पुगेको यही गीतले १३ वर्षपछि लगानीकर्ता स्वयंलाई प्रहरी हिरासतमा पुर्‍याएको छ। विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी थाइल्यान्डबाट फर्कनेबित्तिकै विमानस्थलमै प्रहरीको फन्दामा परे।

    अहिले उनी हिरासतमा छन्। उनी प्रहरीको फन्दामा पर्नुको कारण हो : यही गीतका गायक प्रमोद खरेलले दिएको मानहानिविरुद्ध उजुरी। आफूविरुद्ध फेसबुकमा जथाभावी लेखेको भन्दै साइबर ब्युरो गुहार्न पुगेका थिए प्रमोद खरेल। प्रमोद र सुवासबीच विवाद यो पहिलोपटक भएको भने होइन। २ वर्षअघि पनि खरेल र रेग्मीबिच गीतको प्रतिलिपि अधिकारको विषयमा विवाद भएको थियो।

    २०७७ पुसमा प्रमोदकै उजुरीमा रेग्मीकी श्रीमती लीना शर्मा रेग्मी प्रहरी हिरासतमा पुगिन्। लिना विन्ध्यवासिनी म्युजिक कम्पनीका कार्यकारी अधिकृत भएकाले कपिराइट मुद्दामा उनी पक्राउ परेकी थिइन्। मुद्दा अदालतमा पुगेपछि लीला २ लाख ७५ हजार धरौटीमा छुटेकी थिइन्।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार