आइतबार, मंसिर ९ गते २०८१

नेपाली आमा छोराको टिकटक भिडियोले भारतमा मच्चायो हङ्गामा: छाए भारतीय मिडियाको हेडलाईनमा!

नेपाली आमा छोराको टिकटक भिडियोले भारतमा मच्चायो हङ्गामा: छाए भारतीय मिडियाको हेडलाईनमा!

अखबार दैनिक
मंगलबार, फागुन ९ २०७९
  • नेपाली आमा छोराको टिकटक भिडियोले भारतमा मच्चायो हङ्गामा: छाए भारतीय मिडियाको हेडलाईनमा!

    काठमाडौँ – इन्टरनेटको दुनियाँ अहिले सोशल मिडियाबाट विभिन्न मानिसहरु एक सामान्य मानिसबाट रातारात भाईरल भएर सेलिब्रेटी बनेका थुप्रै उदाहरण छन् ।अझ अहिले फेसबुक, टिकटक र युटुबमा थुप्रै सुन्दर भिडियोहरू हेर्न सकिन्छ।आजकल साना बालबालिकाको नृत्य पनि इन्टरनेटमा निकै भाइरल भइरहेको देखिन्छ ।

    images

    निर्दोष बालबालिकाहरुको नृत्य र उनीहरुको निर्दोषताले दुबैको मन जित्छ ।यस्तै अहिले एक साना बच्चाको विवाहमा नाचिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    यसअघि विद्यालयको एक कार्यक्रममा एक सानी बच्चीको नृत्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसमा ति बच्चीको अगाडि बसेर स्टेप देखाउदै उनका बुवाले नाच्दै नाच्न स्टेप्स सिकाई रहेका हुन्छन् । 

    भिडियोमा बच्चीले डान्सको स्टेप नाबिर्सुन् भनेर उनका बुवाले सिकाएको डान्स स्टेपको पनि खुलेरै प्रसंशा भएको थियो ।उक्त डान्सको भिडियोमा मानिसहरुले निकै माया देखाए ।

    तर यतिबेला पुन: इन्टरनेटमा भाइरल भएको यो भिडियो भने आमा छोराको हो । यो भिडियो भाईरल भएपछी विशेष गरेर भारतीय मिडियाहरु निकै इच्छुकताका साथ स्थान दिएका छन् । भाइरल भिडियोमा बिहेमा मेहदी लगाउँदा एक बालक नाचिरहेको देख्न सकिन्छ । यी बालकको रमाइलो गर्दै र आत्मविश्वासका साथ ‘दिल बहलता है मेरा आपके आ जाने से’ गीतमा नाचिरहेको देखिन्छ ।तर नाच्दै गर्दा अचानक बालकको खुट्टा ठोक्किएर लड्छन् ।यसपछि उनकी आमा त्यहाँ पुग्छिन् र उनको हात समातेर उठाउँछिन् । यसका साथै यसले बच्चाको आत्म-विश्वास बढाउँछ। छोरालाई हौसला दिन आमा पनि उनीसँगै नाच्न थाल्छिन् ।

    यो भिडियो इन्स्टाग्राममा फेब्रुअरी ७ मा nunkwin_0official नामको एकाउन्टबाट सेयर गरिएको थियो। यो भिडियो अहिलेसम्म लाखौंले हेरिसकेका छन् भने २.५ लाखभन्दा बढीले लाइक गरेका छन् । यो भिडियोमा नाच्ने बालक नेपाली हुन् । यो भिडियो भाईरल भएसँगै थुप्रै भारतीय मिडियाले कबर गरेका छन् ।

    अमर उज्याला लगायतका भारतीय अनलाईन न्यूज पोर्टलले यो भिडियोलाई कबर गरेका छन् । अमर उच्ज्यालाले “Viral Dance Video: डांस करते समय स्टेज पर गिर पड़ा बच्चा, फिर मां ने किया ऐसा काम, लोग कर रहे हैं खूब तारीफ” भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको छ ।

    सामाजिक सञ्जालमा आमाको यो स्टाइललाई मानिसहरुले मन पराइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालबालिकाको असफलतामा अभिभावकलाई यसरी साथ दिनुपर्ने र आत्मविश्वास बढाउने बताउँछन् । अहिले यो भिडियोलाई मानिसहरुले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा शेयर गरिरहेका छन् ।
    .

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार