सोमबार, भदौ ३१ गते २०८१

मेलिना राई र विवेक श्रेष्ठको स्वरमा ‘पानी मिठो मूलको’ (भिडियोसहित)

मेलिना राई र विवेक श्रेष्ठको स्वरमा ‘पानी मिठो मूलको’ (भिडियोसहित)

अखबार दैनिक
सोमबार, फागुन ८ २०७९
  • मेलिना राई र विवेक श्रेष्ठको स्वरमा ‘पानी मिठो मूलको’ (भिडियोसहित)

    काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र विवेक श्रेष्ठको सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो ‘पानी मिठो मूलको ’ सार्वजनिक भएको छ।मायालु प्रेमिल शब्दहरूको समिश्रण रहेको यस गीतमा रिमेश कुमार थापाले सङ्गीत भरेका छन् ।

    images

    बिकास श्रेष्ठद्वारा प्रस्तुत उक्त गीतको मिक्सिङ्ग मास्टरिङ साजन शाहले गरेका हुन् । गीतमा म्युजिक भिडियोमा अहिलेका युवा पुस्तामा आफ्नो कला मार्फत मन जितिरहेका मोडेल द्वय कमल सिंह, जेनेलिया श्रेष्ठको अभिनय रहेको छ।

    भिडियोमा राम कुमार केसीको छायाँकन रहेको छ भने सन्तोष राजवहाकको निर्देशनमा यस म्युजिक भिडियो तयार पारिएको हो ।

    भिडियो ओ एस आर डिजिटलको आधिकारिक च्यानलमा सार्वजनिक गरिएको छ । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह पनि गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ