आइतबार, मंसिर ९ गते २०८१

‘घरमा गाली खाएँ’ भनेको युवकसँगै गायिका त्रिशला गुरुङले गरिन् विवाह

‘घरमा गाली खाएँ’ भनेको युवकसँगै गायिका त्रिशला गुरुङले गरिन् विवाह

अखबार दैनिक
शुक्रबार, फागुन ५ २०७९
  • ‘घरमा गाली खाएँ’ भनेको युवकसँगै गायिका त्रिशला गुरुङले गरिन् विवाह

    काठमाडौं । गायिका त्रिशला गुरुङले संगीतकार रोहित शाक्यसँग विवाह गरेकी छन् । बिहीबार यी दुई संगीतकर्मीबीच लगनगाँठो कसिएको हो । रोहित उनै हुन् जसलाई प्रेमी भनेर चिनाउँदा त्रिशलाले मिडियालाई गाली गरेकी थिइन् भने आफूले घरमा समेत गाली खाएको बताएकी थिइन् ।

    images

     

    रोहितसँग अफेयर नभएको र समाचार झुटो भएको जवाफ उनले दिएकी थिइन् । आफ्नै अभिव्यक्तिको खण्डन गर्दै त्रिशलाले रोहितसँगै विवाह गरेकी छन् । त्रिशलाले प्रेम रहेको सन्देश दिन खालको स्टाटससहित रोहितको फोटो सार्वजनिक गरेकी थिइन् । निकट स्रोतका अनुसार त्रिशला र रोहित केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार