आइतबार, मंसिर ९ गते २०८१

भ्यालेन्टाइन डेको शुभकामना दिंदै रेखाले भनिन्- प्रेमीहरु यो दुनियाँमा सबैभन्दा बढी दण्डित छन्

भ्यालेन्टाइन डेको शुभकामना दिंदै रेखाले भनिन्- प्रेमीहरु यो दुनियाँमा सबैभन्दा बढी दण्डित छन्

अखबार दैनिक
मंगलबार, फागुन २ २०७९
  • भ्यालेन्टाइन डेको शुभकामना दिंदै रेखाले भनिन्- प्रेमीहरु यो दुनियाँमा सबैभन्दा बढी दण्डित छन्

    काठमाडौं । आज (मंगलबार) फेब्रुअरी १४ भ्यालेन्टाइन डे । विश्वभर नै प्रेमिल जोडीहरु प्रणय दिवसमा रमाइरहेका छन् ।

    images

    सेलिब्रटीहरुले पनि सामाजिक सञ्जालमार्फत प्रणय दिवसको शुभकामना प्रकट गरिरहेका छन् । अभिनेत्री रेखा थापाले प्रेम इतिहासमा सांकेतिक कला बन्यो भन्दै प्रणय दिवसको शुभकामना दिएकी छन् ।सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले प्रेमीहरु यो संसारमा सबैभन्दा बढी दण्डित रहेको उल्लेख गरेकी छन् ।

    उनले लेखेकी छन्, ‘प्रेमीहरु यो दुनियाँमा सबैभन्दा बढी दण्डित छन्, किनकि इतिहासमा प्रेम सांकेतिक कला बन्यो । जित्नेको प्रेम अमर भयो, हार्नेको प्रेम पाप भयो । तर प्रेम पवित्र छ, प्रेम जीवनशक्ति भएर हामीलाई जोडिराख्ने छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार