आइतबार, मंसिर ९ गते २०८१

अतिनै भएपछि गायिका एलिनाले रबिको नामै तोकेर लेखिन् यस्तो स्टेटस, मिनेटमै भयो भाइरल!

अतिनै भएपछि गायिका एलिनाले रबिको नामै तोकेर लेखिन् यस्तो स्टेटस, मिनेटमै भयो भाइरल!

अखबार दैनिक
सोमबार, फागुन १ २०७९
  • अतिनै भएपछि गायिका एलिनाले रबिको नामै तोकेर लेखिन् यस्तो स्टेटस, मिनेटमै भयो भाइरल!

    काठमाडौ । चर्चित तथा जनप्रिय गायिका एलिना चौहानले आफ्ना दर्शकहरुलाई लामो सन्देश लेखेकी छन । प्रकाश सुवेदीसंगको अन्तर्वार्तामा बोलेको छोटो क्लिपलाई लिएर रबी लामिछानेका समर्थकहरुले अनावश्यक आलोचना गरेपछि उनीले स्पष्टीकरण दिएकी हुन ।

    images

    अन्तर्वार्तामा रबी लामिछानेको फोटो देखाएर को हुनुन्छ भनेर सोधेको प्रश्नमा उनले रबी लामिछाने भनेको तर कस्तो रुपमा चिन्नु हुन्छ भन्ने प्रश्नमा भने चौहानले रबीको बारेमा व्यक्तिगत रुओअमा सबै जानकारी नभएको भनेर बताएकी थिइन । चौहानले कुनै गल्ती गरेकी थिइन तर रबीका केही अन्धभक्तहरुले उनीमाथि नानाथरी आरोप लाउँदै गालीगलोचमा उत्रिएका छन ।

    रबि समर्थकले आलोचना गरेपनी सारा नेपालीले भने चौहानले कुनै गल्ती नगरेको बताएका छन । समाजिक संजाल फेशबुकमा कमेन्ट गर्नेहरुमा अधिकांशले रबी लामिछानेका समर्थकलाई अराजक भिडको संज्ञा दिएका छन । पुराना नेताहरुका समर्थकले कम्तिमा आलोचना सहने हिम्मत राख्छन तर रबीका समर्थकहरु कसैले केही भन्यो कि जनावर झै जाइलाग्छन भनेर आरोप लगाइरहेका छन ।

    गायिका चौहानलाई ओअनि अनावश्यक आलोचना लाएपछि बाध्य भएर स्पष्टीकरण दिएकी छिन । स्पष्टीकरणमा पनि उनीले आलोचना गर्नेलाई धन्यवाद दिएर आफ्नो महानता देखाएकी छिन । हेर्नुस एलिना चौहानले लेखेको जस्ताको तस्तै स्टाटस

    आदरणिय दर्शक महानुभावहरु🙏
    🙏🙏 नमस्कार
    आज म जहा जुन अवस्थामा छु हजुर हरुको माया र आशिर्वादको कारण छु । पछिल्लो समय मैले रजतपट कार्यक्रममा दिएको interview को एक अंश लाइ लिएर निकै बिबाद भइरहेको कुराले मेरो ध्यान आकर्षण भएको छ ।

    उक्त कार्यक्रमको “कुन रुपमा चिन्नुहुन्छ “ भन्ने segment मा रबि दाइको फोटो देखाएर कार्यक्रम संचालकले उहांलाइ कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहांलाइ personally चाहिं कुन रुपमा चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देखभेट नभएको र interview /program नभएको हुनाले personally चाहिं कुनै रुपमा चिन्दिन भनेर भनेकि थिएं । रबि दाइ एक कुशल पत्रकार , समाजसेवी र युवा नेता हो त्यसमा कुनै शंका छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला। तर ऋषि धमला जि संग भने संगै program परेको बेला चिनजान भएको र interview पनि दिएको हुनाले Personally चिन्छु भनेर भनेकि हुं ।

    मैले सोहि interview मा अन्य धेरै कुराहरु पनि भनेकि छु त्यसको कतै चर्चा भएन । टिकटिक तिर सानो clip काटेर अर्थको अनर्थ लगाएर गलत ब्याख्या गर्दै हदैसम्म गिरेर गालि गरिरहेको पाएं । भावनामा बगेर भन्दापनि कृपया पुरा interview हेरेर मात्र आफ्नो धारणा बनाउनुहोला 🙏 एक पटक आंखा चिम्म गरेर सोच्नु त ? मैले त्यसरि गालि गर्नुपर्ने केहि गरेकि छु र? म हजुर हरुकै छोरि चेलि दिदि बहिनि हो त्यसैले त्यति तल झरेर गालि नगरिदिनुहोला ।

    मैले जानिजानि कुनै गल्ति गरेकि छैन र कसैप्रति गलत धारणा राखेकि छैन । तरपनि मेरो कुराले कसैको भावनामा आंच पुगेको भए माफि चाहान्छु ।🙏🙏🙏

    तपाइंहरुकि प्रिय गायिका
    एलिना चौहान

    प्रतिक्रिया दिनुहोस

    थप समाचार