आइतबार, मंसिर ९ गते २०८१

‘माइकल’को सेन्सर नभएपछि सेन्सर सदस्यको बोर्डलाई प्रश्न- ‘सेन्सरवाला नाटक किन गर्नुपर्‍यो ?’

‘माइकल’को सेन्सर नभएपछि सेन्सर सदस्यको बोर्डलाई प्रश्न- ‘सेन्सरवाला नाटक किन गर्नुपर्‍यो ?’

अखबार दैनिक
बुधबार, माघ २५ २०७९
  • ‘माइकल’को सेन्सर नभएपछि सेन्सर सदस्यको बोर्डलाई प्रश्न- ‘सेन्सरवाला नाटक किन गर्नुपर्‍यो ?’
     

    नेपालमा विदेशी फिल्मको सेन्सरलाई लिएर अक्सर विवाद जन्मिने गरेको छ । सेन्सर सम्बन्धि नियम-कानुन मिचेर रातारात सेन्सर सिफारिस लिने र सेन्सर गराउने परिपाटीले सेन्सरको औचित्यमाथि नै प्रश्न उठेका छन् । कति विदेशी फिल्महरु हलमा प्रदर्शन भइरहँदा चलचित्र विकास बोर्डमा सेन्सरको प्रक्रिया चलिरहेको हुन्छ । तर, कारबाही कसले गर्ने ? तैं चुप मैं चुपको अवस्था छ ।

    images

    सेन्सर प्रक्रियालाई व्यवस्थित गर्न चलचित्र विकास बोर्डले दशैंभन्दा अगाडि स्वदेशी र विदेशी फिल्म प्रदर्शनको एक हप्ता अगाडि अनिवार्य रुपमा सेन्सर सिफारिस लिनुपर्ने निर्णय गरेको थियो । तर, यो निर्णयविरुद्ध प्रदर्शक तथा वितरकहरुको संस्था नेपाल चलचित्र संघ आन्दोलनमा उत्रिने भएपछि बोर्डले निर्णय सच्चाउँदै चार दिन अगाडि सेन्सर सिफारिस लिए हुने नयाँ निर्णय गर्‍यो ।


    बोर्डले सेन्सर पास भएर मुभी कोड र डिष्ट्रिव्युटर कोड नपाएसम्म फिल्मको अग्रिम बुकिङ खोल्न समेत बन्देज गरेको थियो । तर, बोर्डको यो निर्णयलाई तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खारेज गर्दै सेन्सरमा ढिलाई भएको अवस्थामा अग्रिम बुकिङ खोल्न मुभी कोड उपलब्ध गराउन निर्देशन दिएपछि अहिले सेन्सर पास विनै फिल्मको बुकिङ खुल्ने गरेका छन् ।

    शुक्रबारबाट प्रदर्शन हुन लागेको साउथ फिल्म ‘माइकल’को बिहीबार साँझसम्म सेन्सर भएको छैन । तर, बुकिङ खुल्ला भैसकेको छ । सेन्सर पास नभएकाले प्रायः मल्टीप्लेक्सहरुले साँझ ६ बजेपछिको बुकिङ खुलाएका छन् । तर, प्रदर्शनको अघिल्लो दिनसम्म सेन्सर नहुँदा बोर्डले गरेको प्रदर्शनको चार दिन अगाडि सेन्सर सिफारिस लिनुपर्ने निर्णयमाथि सेन्सर सदस्यले प्रश्न उठाएका छन् ।

    सेन्सर सदस्य सन्तोष कुमार थापाले फेसबुकमा ‘माइकल’को बिहीबारसम्म सेन्सर नभएको बताउँदै बोर्डले चार दिन अगाडि सेन्सर सिफारिस लिनुपर्ने निर्णय लिखितमा मात्र सीमित हुने हो भन्दै प्रश्न गरेका छन् । भोलि (शुक्रबार) दिउँसो २ बजेका लागि सेन्सर छ भनेर जानकारी आएको तर कुन फिल्म हो भनेर जानकारी नभएको उल्लेख गर्दै त्यो फिल्म ‘माइकल’ हुनसक्ने उनको ठम्याई छ ।

    उनले लेखेका छन्, ‘मेरो प्रश्न विकास बोर्डलाई, ‘तपाईंहरुले सिफारिस गरेर पठाएपछि हामीले सेन्सर त गर्नैपर्‍यो । हामी गरौंला । अनि, भोलि २ बजे सेन्सर गरेर भोलि नै देखाउने हो भने यो सेन्सरवाला नाटक किन गर्नुपर्‍यो, होइन र ? तपाईंहरुले केही समय अगाडि गरेको निर्णय के थियो रे ? एकपल्ट हेर्नुहोला ।’ उनको यो स्टाटसले विदेशी फिल्मको सेन्सरमा हुने मनोमानीतन्त्र बोल्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार