आइतबार, मंसिर ९ गते २०८१

बोर्डले ‘चिल्ड्रेन फिल्म फेस्टिभल’ गर्दै

बोर्डले ‘चिल्ड्रेन फिल्म फेस्टिभल’ गर्दै

अखबार दैनिक
बुधबार, माघ २५ २०७९
  • बोर्डले ‘चिल्ड्रेन फिल्म फेस्टिभल’ गर्दै

    चलचित्र विकास बोर्डले ‘चिल्ड्रेन फिल्म फेस्टिभल २०२३’को आयोजना गर्ने भएको छ । बोर्ड र ब्रिटिश काउन्सिल नेपालको संयुक्त ‘बाल चलचित्र समिति’ले आयोजना गरेको ‘बाल चलचित्र प्रतियोगिता’मा छनोट भएका १० वटा फिल्मलाई फेस्टिभलमा सहभागी गराउन लागिएको हो । ‘ओपन कल’बाट गरी प्राप्त भएका ४० वटा फिल्ममध्ये १० वटा मात्र छनोट गरिएको बोर्डले जनाएको छ ।

    images

    ‘क्यामेरा सिक’ अन्तर्गत सातै प्रदेशबाट छनोट भएका २८ जनामध्ये १६ जना १८ वर्ष मुनिकालाई प्रशिक्षण दिएर जनही ५० हजार प्रदान गरी फिल्म बनाउन लगाइएको थियो । १० वटा फिल्महरुलाई सोसल मिडिया क्याम्पेनिङ्ग गरी सबैभन्दा बढी लाईक, भ्यूज तथा कमेन्ट प्राप्त गर्ने एक फिल्मलाई नगदबाट पुरस्कृत गरिने र यसका लागि बुधबार साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

    नेपाली बालबालिकाहरुलाई फिल्म साक्षरता दिने, उनीहरुलाई फिल्मप्रति आकर्षित गराउने उद्देश्यसहित सन् २०१९ बाट ब्रिटिस काउन्सिल र युकेको इन्टु फिल्मसँगको सहकार्यमा ‘क्यामेरा सिक’ कार्यक्रम सुरु भएकोमा बोर्डबाट भने २०७९ सालको मंसिरमा विधिवत रुपमा बाल चलचित्र समिति गठन गरिएको समितिका सचिव तथा बोर्डका अधिकृत चिरञ्जीवी गुरागाईंले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार