बुधबार, वैशाख २६ गते २०८१

नियुक्ती पाएको बर्षगाँठको उपलक्ष्यमा आर्थिक सहयोग

नियुक्ती पाएको बर्षगाँठको उपलक्ष्यमा आर्थिक सहयोग

अखबार दैनिक
बुधबार, माघ १८ २०७९
  • नियुक्ती पाएको बर्षगाँठको उपलक्ष्यमा आर्थिक सहयोग

    बाजुरा–आर्थिक अभाबमा अलपत्र १३ महिनाको मुटु रोगि बच्चालाई शाखा अधिकृत नियुक्ती पाएको बर्षगाँठको उपलक्ष्यमा आर्थिक सहयोग गरेका छन् । बाजुरा जिल्लामा कार्यरत चार जना शाखा अधिकृतले बर्षगाँठको उपलक्ष्यमा १० हजार सहयोग गरेका हुन् । राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत नियुक्ती पाएको दिनको उपलक्ष्यमा बिरामीलाइ नगद सहयोग गरेका हुन् ।

    images

    खप्तडछेडेदह गाउँपालिका ५ डोगडि बस्ने दुर्गा देबी रावतको १३ महिनाको छोरा सन्दिप रावत पैसा नहुदा समस्यामा परेको अबस्थामा सहयोग गरेको साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले वताएका छन् । बाजुरामा कार्यरत व्याट ३५ का साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्ट, कोष लेखा नियन्त्रण कार्यलय बाजुराका प्रमुख धर्म साउद, जिल्ला निर्वाचन कार्यलय बाजुरा प्रमुख नबराज अबस्थि र जिल्ला समन्वय समिति बाजुराका प्रमुख किरण बिकले सहयोग गरेका हुन् ।

    सन्दिप रावतको ओपन हट सर्जरी तयारी भइरहेको छ । सन्दिपको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौमा डा. भगवान कोइरालाको टिमले अप्रेसन तथा उपचार गरिरहेका छन् । खप्तडछेडेदह गाउँपालिका ५ डोगडि बस्ने दुर्गा देबी रावतको १३ महिनाको छोरा सन्दिप रावत पैसा नहुदा अलपत्र अबस्थामा रहेका थिए ।

    समाचार पछि काठमाडौमा रहेको मेडिकल पुनस्र्थापना संस्था काठमाडौले उपचारमा सहयोग गर्ने गरि बच्चाको उद्धार भएको खप्तडछेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले वताएका छन् ।

    सन्दिपको मुटुको समस्या सँगै कडा कुपोषित रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ