नेकपा (एकीकृत समाजवादी)को सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको छ ।
बैठकले तत्काल सरकारमा नजाने निष्कर्ष निकाले पनि सरकारबाट प्रस्ताव आए सोच्न सकिने नेताहरूको निष्कर्ष छ ।
स्थायी कमिटीका केही सदस्यले सरकारमा जानुपर्ने बताए पनि अधिकांशले सरकारबाट औपचारिक प्रस्ताव नआए सरकारमा जानेबारे छलफल नै गर्न नहुने बताएका थिए । एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी सदस्यसँग छलफल गरेको थियो ।