शनिबार, कात्तिक १७ गते २०८१

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता

अखबार दैनिक
शुक्रबार, पुस १५ २०७९
  • बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता

    काठमाडौं, पुस १५–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न ओली आज बिहानै बालुवाटारमा पुगेका थिए।

    images

    उनीहरुबीच शक्ति बाँडफाँट र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दलहरुले हिजो मात्रै राजनीतिक उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका छन्। त्यसको नेतृत्व ओलीलाई दिइएको छ। संयन्त्रले आवश्यकताअनुसार सरकारलाई मार्गनिर्देशनसमेत गर्न सक्नेछ।


    सत्तारूढ दलले एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा साझा न्यूनतम कार्यक्रमको मस्यौदा समिति पनि बनाएका छन्। समितिका सदस्यहरूमा माओवादीबाट वर्षमान पुन, राप्रपाबाट धवलशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल सदस्य छन्। जसपाले नाम टुंगो लगाउन बाँकी छ।​

    गठबन्धन मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका मुद्दा थाती राखेर सरकार साझा न्यूनतम कार्यक्रम बनाउन जुटेको हो। सरकारको साझा न्यूनतम कार्यक्रम र संसद्बाट विश्वासको मत हासिलपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको योजना छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार