भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् ।
सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् ।
नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् । संघ र बागमती प्रदेश दुबैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए ।
निर्वाचनमा जनतासँंग सरकारमा नगई प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला दलले जस्तै जनतालाई धोका दिन नसक्ने उनको भनाइ थियो ।