शनिबार, कात्तिक १७ गते २०८१

प्रधानमन्त्री भेट्न सुरक्षा निकायका प्रमुख खुमलटारमा

प्रधानमन्त्री भेट्न सुरक्षा निकायका प्रमुख खुमलटारमा

अखबार दैनिक
मंगलबार, पुस १२ २०७९
  • प्रधानमन्त्री भेट्न सुरक्षा निकायका प्रमुख खुमलटारमा

    काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सुरक्षा निकायका प्रमुखहरु खुमलटार पुगेका छन् । बुधवार प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री दाहाललाई भेट्न बिहिवार नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप शाह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गूप्तचर प्रमुख हुतराज थाप खुमलटार पुगेका हुन् ।

    images

    उनिहरुले नयां प्रधानमन्त्रीलाई सामुहिक बधाई दिएर फर्केको खुमलटार स्रोतले बतायो । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसंगै सुरक्षा निकायका प्रमुखहरु अलमलमा परेका छन् ।

    लामिछानेको नियुत्ति उनिहरुका लागि समेत अनपेक्षित भएको हो । सुरुमा गृहमा नारायणकाजी श्रेष्ठ,वर्षमान पुन र विष्णु पौडेलको चर्चा थियो । तर, लामिछानेले गृह नपाए समर्थन फिर्ता लिने चेतावनी दिएपछि दाहाल उनलाई मन्त्रालय दिन तयार भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार