काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल स्वास्थ्यका कारणले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा उपस्थित हुन सकिनन् ।
परिवारका अन्य सदस्यहरु प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । दाहाल भने बिरामीका कारणले उपस्थित हुन सकिनन् ।
दाहाल हिँडडुल गर्न नसक्ने अवस्थामा छिन् । दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । उनलाई लागेको रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी पीएसपी भनिन्छ ।
दाहालको अमेरिका, भारत, सिंगापुरमा उपचार गरिएको थियो । प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा पुस १० ( आइतबार) नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।