बुधबार, जेठ ९ गते २०८१

ओझेलमा पर्यटकीय सम्भावना बोकेको ‘लरैना मन्दिर’

ओझेलमा पर्यटकीय सम्भावना बोकेको ‘लरैना मन्दिर’

अखबार दैनिक
सोमबार, पुस ११ २०७९
  • ओझेलमा पर्यटकीय सम्भावना बोकेको ‘लरैना मन्दिर’

    घोराही । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको लरैना मन्दिर अहिले ओझेलमा परेको छ । राज्यले संरक्षण र प्रवर्धनमा ध्यान नदिँदा वराहक्षेत्र वासुदेव धार्मिकस्थल लरैना ओझेलमा परेको हो । 

    images

    घोराही उपमहानगरपालिका –९ लरैनामा स्थानीयवासीले २०४५ सालमा वराहक्षेत्र वासुदेव मन्दिरको निर्माण गरेर यस क्षेत्रको विकासको थालनी गरे पनि राज्यको सहयोग नहुँदा विकासमा पछाडि परेको छ । करिब एक बिघा १४ कठ्ठा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा स्थानीयवासी तथा केही व्यक्तिको पहलमा मन्दिर निर्माण गरिएको छ । 

    झण्डै एक सय वर्ष पुरानो धार्मिक महत्व बोकेको मन्दिर प्रचारप्रसार अभावसँगै राज्यले विकासमा ध्यान नदिँदा पछाडि परेको श्यामेश चौधरीले बताउनुभयो । यस क्षेत्रको धार्मिक महत्वसँगै पर्यटकीय सम्भावना रहे पनि राज्यबाट विकासको कुनै पनि पहल नभएको उहाँको गुनासो छ । ‘लरैना मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ’ चौधरीले भन्नुभयो ।  

    सन्तान नहुने मानिसले यस मन्दिरमा आएर भाकल गरी पूजापाठ गरेमा सन्तान प्राप्त गर्ने जनविश्वास रहेको स्थानीयहरु बताउँछन् । मन्दिर संरक्षणसँगै विकासका लागि स्थानीयवासीका तर्फबाट प्रयास भए पनि राज्यको सहयोग नपाउँदा लरैना धार्मिक क्षेत्र पछाडि परेको नारायणपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष महेन्द्र दाहालले बताउनुभयो । स्थानीयको पहलमा वराहक्षेत्र वासुदेव मन्दिर, चौतारी, मन्दिर पर्खाल निर्माण गरेर यस क्षेत्रको विकासको थालनी भएको अध्यक्ष दाहालले बताउनुभयो । 

    लामो धार्मिक महत्व बोकेको क्षेत्र रहेकाले पनि यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ । लरैना मन्दिरलाई वराह भगवानका १२ भाइमध्ये कान्छो भाइ रहेको विश्वास गरिन्छ । ‘यस क्षेत्रलाई वराह भगवान कान्छो भाइ रहेको जनविश्वाससँगै यहाँ आएर तालमा नुहाउने र पूजा गर्ने प्रचलन छ’ स्थानीय रहनुभएका सङ्घका पूर्व अध्यक्ष दाहालले भन्नुभयो, ‘त्यही जनविश्वासका साथ माघेसङ्क्रान्तिमा पूजापाठसँगै मेला लाग्ने गरेको छ ।’ 

    माघे सङ्क्रान्तिमा दाङसँगै बाँके, बर्दियालगायतका क्षेत्रबाट समेत दर्शनार्थी आउनेगरेको उहाँले बताउनुभयो । समुदायको पुजारी चौधरी रहेको मन्दिरमा पर्यटन बोर्डको तर्फबाट पोखरी निर्माण र साविक त्रिपुर नगरपालिकाका तर्फबाट प्रतीक्षालय निर्माण गर्ने काम गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार