शनिबार, कात्तिक १७ गते २०८१

छुटेका चारमध्ये दुई सांसदको शपथ

छुटेका चारमध्ये दुई सांसदको शपथ

अखबार दैनिक
शुक्रबार, पुस ८ २०७९
  • छुटेका चारमध्ये दुई सांसदको शपथ

    काठमाडौं । बिहीबार शपथ ग्रहण गर्न छुट्नुभएका चारमध्ये दुई जना प्रतिनिधिसभा सांसदले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

    images

    सङ्घीय संसद सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमलाले नेकपा (माओवादी केन्द्र)का महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको जानकारी दिनुभयो ।

    सांसद यादव र राईलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पुशपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराउनुभएको सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो ।

    यसैगरी, एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई शपथ ग्रहण समारोहमा छुट्नुभएको थियो । सांसद आले पारिवारिक शोकमा हुनुुहुन्छ भने राई सुत्केरी भएकाले अस्पतालमा भर्ना हुनुभएको छ ।

    संसद सचिवालयले उहाँहरुले आफ्नो अनुकूलतामा शपथ लिन सक्ने जनाएको छ ।

    बिहीबार प्रतिनिधि सभाका २७० जना सांसदले संसद भवन नयाँ बानेश्वरमा शपथ ग्रहण गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार