काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जनताको अपेक्षानुसारको भुमिका निर्वाह गर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाका सदस्यहरुलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा उहाँले पत्रकारसँग कुरा गर्दै त्यस्तो बताउनुभएको हो ।
असल र इमान्दारिताका साथ ज्येष्ठ सदस्यको भुमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । जनताले चाहेको भुमिका आफूले सदनमा निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । ज्येष्ठ सदस्य जबराले सदनमा निष्पक्षपूर्वक आफूले संसदीय भुमिका निर्वाह गर्ने प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो पटक सदनको सदस्य भएर इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्छु, असल र इमान्दारीसाथ ज्येष्ठ सदस्यको भुमिका निर्वाह गर्नेछु ।’ सभामुख जबराले ज्येष्ठ सदस्यको हिसावले आफूले काम सकेपछि सदनमा जनताका भनाइलाई बुलन्द पार्ने बताउनुभयो ।