शनिबार, कात्तिक १७ गते २०८१

मधेश प्रदेशमा हाम्रो दाबी स्वभाविक : डा.चन्द्रकान्त राउत

मधेश प्रदेशमा हाम्रो दाबी स्वभाविक : डा.चन्द्रकान्त राउत

अखबार दैनिक
बिहीबार , पुस ७ २०७९
  • मधेश प्रदेशमा हाम्रो दाबी स्वभाविक : डा.चन्द्रकान्त राउत

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतेले मधेश प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पार्नुभएको छ ।

    images

    बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उअध्यक्ष राउतले यस्तो दाबी गर्नुभएको हो ।

    उहाँले मधेश प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने बताउनुभयो । जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको उहाँको भनाइ छ ।

    ‘‘हामीसँग सङ्ख्यात्मक रुपमा राम्रो सङ्ख्या छ । हामी निर्णयक भुमिकामा रहेका छौँ । मधेश प्रदेशमा नेतृत्वको दाबी छ । हामी तेस्रो ठूलो दल बनेका छौँ मधेश प्रदेशमा । जनताले राम्रो सिट दिनुभएको छ । जनताको अपेक्षा पनि छ ।,’’ अध्यक्ष राउतले भन्नुभयो, ‘‘हाम्रो मेन एजेण्डा सर्भिस डेलिभरी हो । शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा रहनेछन् । शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान छ । स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा हामी लाग्छौँ । कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपारोस्, रोजगारी धेरै दिन सकौँ त्यसमा हमी हुनेछौँ ।’’

    अध्यक्ष राउतले जनतामुखी सेवाहरुप्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै  शक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले मधेश प्रदेशमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा लाग्ने बताउनुभयो ।  कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपरोस् भन्नेकुरामा पार्टी प्रतिबद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेकुरामा आफू लाग्ने जानकारी दिनुभयो ।

    अध्यक्ष राउतले आफ्नो दलको सिमित संख्याको भरमा सडक, संसद र सरकारमा गएर जनताका माग र मुद्दाहरु सम्बोधन गर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार