शनिबार, कात्तिक १७ गते २०८१

२६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिनुहुँदै

२६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिनुहुँदै

अखबार दैनिक
बिहीबार , पुस ७ २०७९
  • २६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिनुहुँदै

    काठमाडौं । सङ्घीय संसद सचिवालयले आज (बिहीबार) नवनिर्वाचित २७४ सांसदलाई शपथग्रहण गराउने भएको छ । सचिवालयका अनुसार आज दिउँसो १ बजे शपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज २७४ सांसदलाई पद तथा गोपनियताको शपथ गराउनुहुनेछ । ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (बुधबार) शपथ गराउनुभएको थियो ।

    images

    सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमालले २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ ग्रहण गर्नुहुने जानकारी दिनुभयो । बाँकी सांसदले नेपाली भाषामा शपथ ग्रहण गर्नुहुनेछ ।

    नेकपा (एमाले)का सांसद सराज अहमद फारुकीले उर्दुमा, नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले तामाङमा र सांसद दुर्गा राईले कोई–कोयू मातृभाषामा शपथ ग्रहण गर्नुहुनेछ ।

    यसैगरी, जनता समाजवादी पार्टीका सांसदहरु प्रदीप यादव र रामसहाय प्रसाद यादवले भोजपुरी, रन्जु कुमारी झाले मैथलीमा शपथ ग्रहण गर्नुहुने सहायक प्रवक्ता धमालले जानकारी दिनुभयो ।

    त्यस्तै, नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले खस भाषा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अरुणकुमार चौधरी, रन्जिता श्रेष्ठ (चाैधरी), गंगाराम चौधरी डगौराले थारु भाषामा शपथ ग्रहण गर्नुहुँदै छ । साथै, स्वतन्त्र सांसदहरु लालवीर चौधरीले थारु र किरण कुमार साहले संस्कृत भाषामा शपथ ग्रहण गर्नुहँदै छ ।

    यसैगरी, जनमत पार्टीका सांसदहरु बिनिता कुमारी सिंह, चन्द्रकान्त राउत, अनिता देवीले मधेशी भाषा र सोनु मुर्मुले सन्याली भाषामा शपथ ग्रहण गर्नुहुँदै छ । सहायक प्रवक्ता धमलाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु सुमना श्रेष्ठले नेपालभाषा, मनिष झाले मैथली, लक्ष्मी तिवारीले अवधि, अशोककुमार चौधरीले थारु र असिम शाहले नेपाली/मुस्लिममा शपथ लिनुहुँदै छ ।

    त्यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसदहरु मिना तामाङ र सूर्यमान तामाङ (दोङ)ले तामाङमा शपथ लिनुहुँदैछ। यसैगरी, नेकपा (माओवादी केन्द्र)काे चुनाव चिन्ह लिएर निर्वाचित हुनुभएका सांसदहरू महिन्द्र राय यादवले हिन्दीमा, रुपा सो.सि. चौधरीले थारु र उमरावती देवी यादवले भोजपुरीमा शपथ लिनुहुँदैछ । शपथ अघि आजै ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक बस्दै छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार