शनिबार, कात्तिक १७ गते २०८१

राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई निर्देशन

राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई निर्देशन

अखबार दैनिक
बुधबार, पुस ६ २०७९
  • राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई निर्देशन

    नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ ।  पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ ग्रहण गराउँदैछन् । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताए । 

    images


    ‘संसद सचिवालयले पनि राष्ट्रिय पोशाकमा उपस्थित हुन सूचना जारी गरेको छ । सोही अनुसार पार्टीले निर्देशन दिएको हो’, अधिकारीको भनाइ छ ।  नेकपा एमालेबाट प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ जना गरी ७८ सांसद निर्वाचित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार