काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन देशका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि संयुक्त अरब इमिरेट्सका अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, नेपालका लागि संयुक्त गणतन्त्र ताञ्जानियाका कापुफी एमबेगा र नेपालका लागि सर्बियाका सिनिसा पेभिक रहेका छन् ।
उनीहरुमध्ये एकजना नेपालका लागि आवासीय र दुई जना गैर आवासी राजदूतहरु हुन् ।