शनिबार, कात्तिक १७ गते २०८१

संसदीय दलको नेतामा रामचन्द्रले गरे देउवालाई प्रस्ताव, समर्थकमा पूर्णबहादुर खड्का

संसदीय दलको नेतामा रामचन्द्रले गरे देउवालाई प्रस्ताव, समर्थकमा पूर्णबहादुर खड्का

अखबार दैनिक
मंगलबार, पुस ५ २०७९
  • संसदीय दलको नेतामा रामचन्द्रले गरे देउवालाई प्रस्ताव, समर्थकमा पूर्णबहादुर खड्का

    नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन्। मंगलबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर देउवाले आफ्नो उम्मेदवारी दिएका हुन्।

    images

    देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेको बिमलेन्द्र निधिले सेतोपाटीलाई जानकारी दिए।

    संसदीय दलको नेतामा महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिएका छन्। थापाको समर्थकमा शेखर कोइराला तथा प्रस्तावाकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन्।


    संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ। आजै साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ।

    बेलुका ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइनेछ भने साढे ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन पाइनेछ। मंगलबार बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन भएपछि भोलि (बुधबार) बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुनेछ ।

    कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन् । विजेताले ५१ प्रतिशत अर्थात ४५ मत ल्याउनुपर्ने हुन्छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार