आइतबार, जेठ ६ गते २०८१

घेराबन्दीका बीचमा पनि एमाले सर्वाधिक लोकप्रिय पार्टी बन्यो: ओली

घेराबन्दीका बीचमा पनि एमाले सर्वाधिक लोकप्रिय पार्टी बन्यो: ओली

अखबार दैनिक
मंगलबार, पुस ५ २०७९
  • घेराबन्दीका बीचमा पनि एमाले सर्वाधिक लोकप्रिय पार्टी बन्यो: ओली

    काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्रका बाबजुद नेकपा एमाले देशकै सर्वाधिक लोकप्रिय पार्टी बनेको जिकिर गर्नुभएको छ । 

    images

    प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदलाई बधाई र प्रशिक्षण दिन काठमाण्डौमा भएको कार्यक्रममा अध्यक्ष ओलीले सिट सङ्ख्याको आधारमा एमाले पहिलो नभए पनि लोकप्रियताको आधारमा पहिलो पार्टी भएकाले खुसीयाली र उत्सव मनाउनुपर्ने बताउनुभयो । चुनावमा भएको घेराबन्दी, धाँधली र अफवाहलाई पराजित गरेर अहिले पाएको सफलता निकै ठूलो सफलता भएको ओलीको भनाइ छ । 


    उहाँले आउँदा दिनमा एमालेले झन् ठूलो सफलता हात पार्ने र त्यसका लागि आजैदेखि जुट्न नेतारकार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । ‘अपेक्षा गरे जसरी सिट नआए पनि हामी उल्लासमय वातावरणमा छौँ र उत्सव मनाइरहेका छौँ, किनकि हामी कस्तो अवस्थामा चुनाव लडेका थियौँ भन्ने सबैलाई थाहा भएकै छ’, ओलीले भन्नुभयो । 

    एमालेलाई समाप्त पार्ने र दिउँसै टर्च बालेर खोज्ने बनाउँछौँ भन्नेहरू नै चुनावमा पछारिएको भन्दै ओलीले चुनावको परिणामले एमाले कहिल्यै कमजोर हुँदैन भन्ने सन्देश दिएको दाबी गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार