आइतबार, असोज १८ गते २०८३

बागमती–३ का वडाध्यक्ष मोक्तानको निधन

बागमती–३ का वडाध्यक्ष मोक्तानको निधन

अखबार दैनिक
शुक्रबार, असोज १६ २०८३
  • बागमती–३ का वडाध्यक्ष मोक्तानको निधन

    सर्लाही, १६ असोज : सर्लाहीको बागमती नगरपालिका–३ का वडाध्यक्ष तिलक मोक्तानको आज निधन भएको छ ।   

    केही समयदेखि मुटुको उपचारमा रहनुभएका ५२ वर्षीय वडाध्यक्ष मोक्तानको त्रिवि शिक्षण अस्पतालमा निधन भएको छोरा सिद्धार्थ मोक्तानले जानकारी दिनुभयो । उपचारकै क्रममा मुटुको शल्यक्रिया गर्ने सन्दर्भमा सघन उपचार कक्षमा पुर्याए लगतै उहाँको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।    
        
    स्वास्थ्यमा समस्या देखिएपछि उहाँ भदौको पहिलो साता काठमाडौँ जानुभएको थियो । उहाँ तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट उक्त नगरपालिका–३ को वडाध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्यो ।    
        
    उहाँले आफ्नो राजनीतिक कर्मक्षेत्रमा एउटा असल समाजसेवी र कुशल सङ्गठनकर्ताको छवि बनाउनुभएको थियो । स्व मोक्तानका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ