शुक्रबार, कात्तिक १६ गते २०८१

शेखर समूहबाट गगनले देउवाविरुद्ध उम्मेद्वारी दिने सहमति

शेखर समूहबाट गगनले देउवाविरुद्ध उम्मेद्वारी दिने सहमति

अखबार दैनिक
मंगलबार, पुस ५ २०७९
  • शेखर समूहबाट गगनले देउवाविरुद्ध उम्मेद्वारी दिने सहमति

    काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको थियो । मंगलबार बिहान बसेको कांग्रेस संस्थापन इतर समूहको बैठकले थापालाई दलको नेता उठाउने निर्णय गरेको हो । थापाको प्रस्तावक डा.शेखर कोइराला हुनेछन् ।

    images

    लाजिम्पाटस्थित होटल एम्बेस्डरमा बसेको बैठकमा कोइराला र थापामध्ये एकजना उठ्ने सहमति जुटेको थियो । त्यसपछि को चुनावमा उठ्ने भन्ने विषयमा सिंहदरबारस्थित होटल बसेरामा कोइराला र थापा वार्तामा बसेका थिए । सो वार्तामा कोइरालाले आफू प्रस्ताव बन्न तयार रहेको बताएका थिए ।


    यो सहमतिपछि अब दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध थापाले उम्मेदवारी दिने निश्चित भएको छ । थापाले आगामी महाधिवेशनमा कोइरालालाई सभापतिमा सघाउने भित्री सहमति जुटेको स्रोतले जनाएको छ ।

    गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि आफूलाई भावी कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीको रुपमा अघि सारेका महामन्त्री थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारीमा थिए । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेताको समर्थन छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार