शुक्रबार, कात्तिक १६ गते २०८१

वामपन्थी सरकार बन्छ भन्ने मलाई लाग्दैनः झलनाथ खनाल

वामपन्थी सरकार बन्छ भन्ने मलाई लाग्दैनः झलनाथ खनाल

अखबार दैनिक
सोमबार, पुस ४ २०७९
  • वामपन्थी सरकार बन्छ भन्ने मलाई लाग्दैनः झलनाथ खनाल

    काठमाण्डाै: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी दलहरुको सरकार नबन्ने बताएका छन् । सोमबार नवनिर्वाचित सांसदलाई बधाई दिँदै उनले नेकपा एमालेले वामपन्थी सरकार बन्ने आधार तोडेको बताएका हुन् ।

    images

    ‘वामपन्थी सरकार बन्नुपर्छ भन्ने कुरा गर्दैछन् । वामपन्थी सरकार बन्ने आधार हिजोको नेकपा एमालेको नेतृत्वले तोडेको छ । त्यसलाई नयाँ निर्माण गरिएको छैन । वामपन्थी सरकार बन्छ भन्ने मलाई लाग्दैन,” खनालले भने ।

    उनले अबको सातदिन भित्र कसको सरकार बन्नेबारे टुंगो लाग्ने दावी गरे । त्यसैगरी खनालले नेकपा एकीकृत समाजवादीको नयाँ सरकार गठनमा महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार