नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सोमबार बस्दैछ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।
पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ । नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग छलफल अगाडि बढाउने निर्णयसमेत गरेको थियो ।