शुक्रबार, कात्तिक १६ गते २०८१

कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने

कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने

अखबार दैनिक
शुक्रबार, पुस १ २०७९
  • कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक गरेसँगै दलहरुको ध्यान संसदीय दलको नेता चयनतर्फ मोडिएको छ ।

    images

    नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि पुस ३ गतेपछि मात्रै प्रक्रिया सुरू गर्ने भएको छ । आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया सुरू गर्ने जनाएको छ ।

    कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेर संसद्को पहिलो ठूलो दल बनेको छ ।

    संसदीय दलको नेता चयनबारे अनौपचारिक कुराकानी भइरहे पनि औपचारिक छलफल भने पुस ३ गतेपछि मात्रै गरिने कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । कांग्रेसमा संसदीय दलको नेता बन्न धेरैले आकांक्षा राखेका छन् ।

    कांग्रेस संसदीय दलको विधान, २०७४ को दफा ६ मा सम्पूर्ण सदस्यको ५१ प्रतिशत मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ । ‘संसदीय दलको नेता निर्वाचित हुनका लागि संसदीय दलका सम्पूर्ण सदस्य संख्याको ५१ प्रतिशत सदस्यको मत प्राप्त गर्नुपर्नेछ,’ विधानको दफा ६ को उपदफा ४ मा भनिएको छ ।

    दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ । पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । दुई प्रतिस्पर्धीमा ५१ प्रतिशत मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार