शुक्रबार, कात्तिक १६ गते २०८१

प्रधानमन्त्री बाहेकका साझा पदमा विपक्षीसँग समझदारी गर्न आवश्यकः उपमहासचिव रिमाल

प्रधानमन्त्री बाहेकका साझा पदमा विपक्षीसँग समझदारी गर्न आवश्यकः उपमहासचिव रिमाल

अखबार दैनिक
बुधबार, मंसिर २८ २०७९
  • प्रधानमन्त्री बाहेकका साझा पदमा विपक्षीसँग समझदारी गर्न आवश्यकः उपमहासचिव रिमाल

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नु पर्ने बताउनुभएको छ ।

    images

    प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भएपनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली कांग्रेसले सोच्नु पर्ने बताउनुभयो । उहाँले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रदेश प्रमुख लगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढे मात्रै राजनीतिमा स्थिरता कायम हुने बताउनुभयो ।


    सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव रिमालले समझदारीका रुपमा अघि नबढे मुलुकमा अस्थिरता पैदा हुने पनि बताउनुभयो । उहाँले गठबन्धनमा रहेका नेता र दलहरुले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने बताउनुभयो ।

    गत प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले सोचेको जति स्थानमा जित हासिल गर्न नसक्नुमा नेकपा एमालेका ३६ जना उम्मेदवारहरुमाथि निर्वाचनमा हराउने अभियान चलाउनु रहेको उहाँले बतााउनुभयो । उहाँले गत निर्वाचनमा ३६ जना नेकपा एमालेका उम्मेदवारहरुमाथि लिस्ट बनाएर नै निर्वाचनमा हराउने अभियान चलाइएको आरोप लगाउनुभयो । उहाँले एमालेले निर्वाचनमा ६ प्रतिशत भोट बढाउने भनेपनि ६ प्रतिशत भोट घटेको बताउनुभयो ।

    उहाँले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिट संख्याको बारेमा निर्वाचन अघि कुनै पनि राजनीतिक कल्पना नै नगरेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिटका कारण अहिलेको निर्वाचन परिणाम फरक भएको बताउनुभयो । उपमहासचिव रिमालले धनुषा २ नम्बर क्षेत्र, कपिलवस्तुको २ नम्बर र दाङ २ नम्बर क्षेत्र लगायतका केही ठाउँमा अनपेक्षित रूपमा नतिजा आएको बताउनुभयो ।

    असमझदारीले नै मुलुक र राजनीतिमा वितृष्णा बढ्ने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार