गत असोज १२ गतेदेखि देशैभर लागू रहेको निर्वाचनसम्बन्धी आचारसंहिता हटेको छ । उक्त आचारसंहिता मंसिर २६ गते सोमबारदेखि लागु नरहेको निर्वाचन आयोगले जनाएको छ। यसबारे जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायमा जानकारी गरिएको आयोगले बताएको छ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले भोलिदेखि आचारसंहिता लागू नरहने निर्णय गरेसँगै हटाईएको हो । गत मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो।