शुक्रबार, कात्तिक १६ गते २०८१

चोलेन्द्र प्रकरणमा संघीय संसद् सचिवालयले लेखेको जवाफी पत्रमा के छ ?

चोलेन्द्र प्रकरणमा संघीय संसद् सचिवालयले लेखेको जवाफी पत्रमा के छ ?

अखबार दैनिक
आइतबार, मंसिर २५ २०७९
  • चोलेन्द्र प्रकरणमा संघीय संसद् सचिवालयले लेखेको जवाफी पत्रमा के छ ?

    गत बुधबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिँदै राणालाई कामकाज गर्न दिन सर्वोच्चलाई पत्र लेखेका संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले पठाएको पत्रको जवाफ दिएका छन् । 

    images

    गौतमको सो पत्रमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले कुन संविधान र कानुनको आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै उनीसँग जवाफ मागेका थिए ।  सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार सचिवालयबाट आएको पत्र दर्ता गरेर मुख्य रजिष्टारकोमा पठाइएको छ ।  बन्द चिठी भएकोले सचिवालयले सर्वोच्चलाई जवाफमा के लेखेको छ भन्ने कुरा प्रष्ट नभएको र पत्र मुख्य रजिष्टारको टेबलमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार