राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वासुदेव मिश्रलाई माल्दिभ्स र कैलाशराज पोखरेललाई न्युजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यसअघि वासुदेव श्रीलंका र पोखरेल अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत थिए।