शुक्रबार, कात्तिक १६ गते २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद चयनमा चलखेल, घण्टीघरमा प्रदर्शन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद चयनमा चलखेल, घण्टीघरमा प्रदर्शन गर्ने

अखबार दैनिक
बिहीबार , मंसिर २२ २०७९
  • राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद चयनमा चलखेल, घण्टीघरमा प्रदर्शन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्टि बाहिरिन थालेको छ ।

    images

    प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आज खबरदारी कार्यक्रम गरिने भएको छ ।

    सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित तथा सुनसरी सभापति लालविक्रम थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्न लागिएको बताए ।

    उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’

    आज बिहान सवा ११ बजे रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा हुने खबरदारी कार्यक्रममा सहभागी हुन उनले अनुरोध गरेका छन् ।

    उनले डिजिटल डेमोक्रेसीको कुरा गरेकाले डिजिटल डेमोक्रसीको अवधारणा अनुसार पार्टी चलोस् भन्नका लागि खबरदारी कार्यक्रम आयोजना गरिएको बताए ।

    उनले भने,‘ हामीले केही संकेत देखेपछि खबरदारी कार्यक्रम आयोजना गरेका हौं । दुईजना भए पनि सहभागी हुन्छौं ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार