काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमत पार्टीको कमिटीको पहिलो बैठक सुरु भएको छ ।
पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा सुरु भएको हो । पार्टीको यसअघि बैठक जनकपुरमा बस्दै आएको थियो ।
प्रत्यक्षमा १ समानुपातिक ५ सिट पाएको जनमत पार्टीको आजको बैठकमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।